काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।
भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् । उनले भनेका छन्, कामना छ हाम्रो चिरस्थायी सभ्यतागत सम्बन्ध बलियो हुँदै जानेछ ।
प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी मोदीलाई बधाई दिँदै खोप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ कार्तिक २०७८, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
पाँच देशको भ्रमण गर्दै मोदी
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद