एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।
भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई उनको ७३औँ जन्मदिनको शुभकामना दिए।
विज्ञप्तिमा अगाडि भनिएको छ, 'कुराकानीका क्रममा दुई नेताले भारत-रुस द्विपक्षीय एजेन्डामा भएको प्रगतिको समीक्षा गरे र विशेष रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने प्रतिबद्धता दोहोर्याए।'
विज्ञप्तिअनुसार, प्रधानमन्त्री मोदीले डिसेम्बरमा हुने २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनका लागि राष्ट्रपति पुटिनलाई भारतमा स्वागत गर्न आफू इच्छुक रहेको बताए।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ असोज २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने