गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०८२, १० : ४८
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्धविरामका लागि ल्याएको २० बुँदे बृहत् योजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्।

ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएको घोषणा सार्वजनिक भएको केही समयपछि नै मोदीले यस योजनाको खुलेर समर्थन गरेका हुन्।

उनले भनेका छन्, ‘यसले प्यालेस्टिनी र इजरायली जनताका साथै वृहत् पश्चिम एशियाली क्षेत्रका लागि दीर्घकालीन र दिगो शान्ति, सुरक्षा र विकासको लागि एक व्यवहार्य मार्ग प्रदान गरेको छ।’

प्रतिक्रिया दिनुहोस