पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार

एजेन्सी

शुक्रबार, १९ मंसिर २०८२, १० : ३६
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘गीता’ उपहार दिएका छन् ।

दुई दिने भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली अवतरण भएका पुटिनलाई मोदीले हिजो नै गीता उपहार दिएका हुन् । यो जानकारी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत गराएका छन् ।

पुटिनलाई गीता उपहार दिँदै गरेको तस्वीर एक्समा राखेर मोदीले लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रुसी भाषामा अनुवादित गीताको एकप्रति भेट गराएँ ।’ मोदीले गीताको उपदेशले संसारभरि रहेका लाखौँ मानिसहरूलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।

पुटिन र मोदीबीच आज दुई पक्षीय वार्ता हुँदै छ । वार्ता रक्षा र व्यापारमा केन्द्रीत हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।