एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फोन गरेको जानकारी दिएका छन् । दुवै नेताहरूले पश्चिम एसियाको वर्तमान स्थितिका बारेमा आ–आफ्नो धारणा आदानप्रदान गरेका छन् ।
वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भारत तनाव कम गर्न र चाँडोभन्दा चाँडो शान्ति बहाल गर्ने पक्षमा रहेको बताए । उनले अगाडि भने, “होर्मुज जलमार्ग खुला, सुरक्षित र सुलभ रहनु सम्पूर्ण विश्वका लागि आवश्यक छ ।”
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि यस कुराकानीको बारेमा जानकारी दिए । उनले ‘एक्स’मा लेख्दै भने, “राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै प्रधानमन्त्री मोदीसँग कुरा गर्नुभयो । उहाँहरूले मध्यपूर्वको वर्तमान अवस्था र हर्मोज जलमार्गलाई खुला राख्ने महत्त्वका बारेमा छलफल गर्नुभयो ।”
यसअघि मोदीले भारतको राज्यसभामा बोल्दै होर्मुज जलमार्ग जस्ता अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध हुनु स्वीकार्य नहुने बताएका थिए ।
भारतका लागि होर्मुज जलमार्ग अत्यन्तै महत्त्वपूर्ण छ । यसको कारण देशको तेल र ग्यास आपूर्तिको ठूलो हिस्सा यही मार्ग भएर आउँछ । पछिल्ला दिनहरूमा केही जहाजहरू होर्मुज जलमार्ग पार गरेर भारत आइपुगेका छन्, तर अझै पनि २० भन्दा बढी भारतीय जहाजहरू त्यहाँ फसेका छन् । भारतको करिब ६० प्रतिशत तेल आयात यही मार्गबाट हुन्छ । अझै पनि २० वटा भारतीय जहाजहरू युद्ध क्षेत्रमा फस्नुले व्यापारिक क्षति मात्र नभई मानवीय संकटको जोखिम पनि बढाएको बताइएको छ ।
भारतले एकातिर अमेरिकासँग रणनीतिक साझेदारी गरिरहेको छ भने अर्कोतिर इरानसँगको ऐतिहासिक सम्बन्धलाई पनि सन्तुलनमा राख्न खोजिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०८२, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै