एमालेमा अब भीम रावल, सुरेन्द्र पाण्डेहरुको हैसियत के ?

यतिन्जेल नेपाल सुमहमा रहेर अहिले पार्टी विभाजन हुँदा एमालेमै रहेका भीम रावल, सुरेन्द्र पाण्डेहरुले अब ओलीसँग आत्मसमर्पण गर्ने दिन आएको छ

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, ०८ : २३
एमालेमा अब भीम रावल, सुरेन्द्र पाण्डेहरुको हैसियत के ?

काठमाडौं । अन्ततः फुट्यो नेकपा एमाले । पार्टीकै १५ वर्ष नेतृत्व सम्हालेका माधव नेपाल र ६ वर्ष पार्टी नेतृत्व सम्हालेका झलनाथ खनालले एमाले छोडेर नयाँ दल नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता गराएका छन् । दल विभाजनका लागि सजिलो प्रावधानसहित राजनीतिक दल सम्बन्धी अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याईदिएपछि माधव झलनाथ खनालहरुलाई पार्टी विभाजन गर्नका लागि सहज बनेको थियो । माधव झलनाथको एमालेभित्रै रहीरहने अप्ठ्यारो फुकाउनका लागि सरकारले अध्यादेश ल्याएर बाटो खोलिदिएपछि त्यसैको फाइदा महन्थ ठाकुर र राजेन्द्र महतोले पनि पाएका छन् ।

उनीहरुले पनि निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गराएका छन् । यद्यपी, यी दुवै पार्टी निर्वाचन आयोगले दर्ताको प्रक्रियामा मात्र राखेको छ । आयोगले अध्यादेश अनुसार नियमावली संसोधन गरेपछि मात्र दर्ता प्रक्रिया थाल्ने बताएको छ । दल दर्ताका लागि यस अगाडी लाग्ने ३५ दिनको समयावधि छोट्याउँदै निर्वाचन आयोगले अब ऐन संसोधन गरेर १५ दिनभित्र दल दर्ताको प्रक्रिया पूरा गर्ने तयारी शुरु गरेको छ ।

तर माधव नेपालले नयाँ दल नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता गर्दा नेपाल समुहमै लामो समय रहेर नेपालकै पक्षमा पार्टी एकता प्रयासका लागि गठन गरेको कार्यदलमा समेत रहेर भूमिका खेलेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषालहरु कोही पनि नेपालको पक्षमा अन्तिम समयमा देखिएनन । उनीहरु एमालेमै रह्ने नेता गोकर्ण विष्टले जानकारी दिए । ‘हामी एमालेमै रहन्छौं, त्यही भित्र आफ्ना कुरा राख्छौं, पार्टी विभाजन गलत हुन्छ भन्ने हाम्रो कुरा थियो । अहिले पनि त्यही छ हाम्रो कुरा’ विष्टले भने ।

विधान महाधिवेशनबाट ओलीले फेरि अबको महाधिवेशनमा पनि अध्यक्षका रुपमा उभ्याउने आधार तय गर्नेछन् । त्यसपछि बाँकी अन्य पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्य भनेपनि मुख्यत अध्यक्षले मनोनित गर्ने ब्यवस्था एमालेले विधानमा गर्दैछ । त्यसैका आधारमा मलाई लौन यो पद दिनुपर्यो भनेर उनीहरु ओलीको पछि कुद्ने मात्र बन्नेछन्, ति नेताले भने ।

गत फागुन २३ को सर्वाेच्चको फैसला पछि माधव नेपालले एक प्रसंगमा भनेका थिए, अदालतले मलाई घर न घाटको बनाईदियो । ओली एमाले अध्यक्ष छन, प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष छन, अनि अदालतले मलाई नै किन यता न उताको बनाईदियो ? त्यसबेलै अदालतको निर्णय पछिको उनको संक्षिप्त प्रतिक्रिया थियो सञ्चारकर्मीहरुसँग । तर उनले त्यसबेलै पार्टी एकता अगाडीको अवस्थाबाट पार्टी चल्नुपर्छ । आफुहरु एमालेमै रह्नुपर्छ भन्न्ने निश्कर्षमा पुगेको भन्दै माओवादी मुख्यालय पेरिसडाँडाबाट प्रचण्डहरुसँग विदाईको हात हल्लाएर छुटिटएका थिए ।

तर ओलीले गत फागुन २८ मा माधव नेपाल समुहका कसैलाई पनि निम्तो सम्म नदिई एकतर्फी पार्टीको बैठक राखे । माधव नेपाल समुहका नेताहरुको जिम्मेवारी खोस्ने काम मात्र गरेनन, माओवादी छोडेर ओलीसँग मिसिन पुगेकासम्मलाई पार्टीको जिम्मेवारीमा राखे । यसले माधव नेपाल पक्षलाई चिढायो । नेपाल पक्षले जेठ २, २०७५ अगाडीबाट पार्टी अगाडी बढ्नुपर्ने माग निरन्तर राखिरह्यो । त्यही कारण त्यसयताको एमालेको कार्यक्रमसँग माधव नेपाल पक्ष कुनै पनि कार्यक्रममा जोडिएको छैन् । ओली पक्षले भदौं २७ र २८ मा पार्टीको विद्यान महाधिवेशन गर्दैछ । त्यसमा आफु अनुकुल हुने गरी अध्यक्षलाई शक्तिशाली बनाउने र फेरि आफै दोहोराउने योजनामा ओलीले सोही अनुसारको विधानको मस्यौदा बनाउन लागेका छन् ।

यो बेला अहिलेसम्म कुनै पनि छलफल, बैठकमै सहभागी नभएको र माधव नेपाल पक्षमा रहेर बसिरहेका नेपाल समुहका प्रभावशाली नेताहरुले अन्ततः नेपाललाई साथ छोडिदिएका छन् । यसरी साथ छोडनेमा भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, युवराज ज्ञवाली,  गोकर्ण विष्ट, योगेश भटटराई देखि सुरेन्द्र पाण्डे सम्म छन् । नेपाललाइृ स्थायी समितिमा रहेका मुकुन्द न्यौपाने र वेदुराम भुषालले मात्र साथ दिएका छन् । रघुजी पन्त सम्मले पनि साथ छोडिदिएका छन् । अब नेपालको साथ छोडेका यी दोस्रो तहका नेताहरुको एमालेमा हुने हैसियत के हो ? अहिले प्रश्न उठेको छ । अव उनीहरु ओलीसँग त्यसै मिल्न जाने हुन् या अन्य केही गर्छन् ? प्रश्न उठेको छ । तर विष्टले आफुहरु एमालेमै रहने र एकताका लागि कार्यदलले बनाएको १० बुँदे अवधारणालाई ओलीले हुबहु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु पर्ने बताउँछन् ।

ओलीले त्यसका लागि त सोमबार साँझ नै वक्तब्य दिएर १० बुँदे पार्टीले ग्रहण गरिदिएको बताईदिईसकेका छन् । यसको अर्थ अब उनीहरु त्यही प्रतिवद्धतालाई टेकेर अब देखिको एमाले बैठकमा सहभागी हुने देखिएको छ । माधव नेपालले भीम रावल र अष्टलक्ष्मी शाक्यमाथी निरन्तर ओली पक्षलेले गरेको हेपाहा प्रवृतिका विरुद्ध लडिरहे । तर ओलीले आफ्नो उत्तराधिकारीका रुपमा दिएको आश्वासनको पुलिन्दामा भीम रावल लोभिए । अष्टलक्ष्मी मुख्यमन्त्रीमै अलमलिइन् । त्यही मुख्यमन्त्री अष्टलक्ष्मीलाई नदिई ओलीले आजका दिनसम्म आफ्ना वफादार पात्रलाई बनाएपछि ओली र माधव नेपाल बीचको अन्तरसंर्घष चर्किएको थियो ।

तर आज तिनै अष्टलक्ष्मीले समेत नेपालको साथ छोडिदिएकी छिन् । ‘नेपाल समुहमा यतिन्जेल रहेका नेताहरुले अब ओलीले जे जिम्मेवारी दिन्छन, त्यसैमा रमाउने, ओलीसँगै आत्मसमर्पण गर्नुको अब विकल्प देखिदैन,’ अहिले पनि माधव नेपाललाई साथ दिएका एक नेताले भने, ‘भीम रावल, घनश्याम र सुरेन्द्र पाण्डेहरुको कुरा चर्का यो बीचमा देखियो, ब्यवहार ओलीकै टाङमुनि नै छिर्ने देखियो । अब उहाँहरु ओलीलाई महाराज ठानेर जी महाराज बक्सियोस् भनेर आत्मसमर्पणको बाटोमा लाग्नुभयो ।’

विधान महाधिवेशनबाट ओलीले फेरि अबको महाधिवेशनमा पनि अध्यक्षका रुपमा उभ्याउने आधार तय गर्नेछन् । त्यसपछि बाँकी अन्य पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्य भनेपनि मुख्यत अध्यक्षले मनोनित गर्ने ब्यवस्था एमालेले विधानमा गर्दैछ । त्यसैका आधारमा मलाई लौन यो पद दिनुपर्यो भनेर उनीहरु ओलीको पछि कुद्ने मात्र बन्नेछन्, ति नेताले भने ।