काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दै छ।
नवदुर्गा पार्टी प्यालेस सुकेधारामा केही बेरपछि बैठक सुरु हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन्।
पछिल्लो समय मुलुकमा भइरहेको राजनीतिक ध्रुवीकरणबारे पनि बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार तथा संघीयताविरोधी पक्षबीच एकता र मोर्चाबन्दीको सम्बन्धमा आवश्यक छलफल हुने महामन्त्री बर्तौलाले जानकारी दिए।
निर्वाचन प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता र निर्वाचन तयारीलगायतका विषयमा पनि छलफल हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
राप्रपा नेपालले २६ चैतमा काठमाडौँमा जनप्रदर्शन गर्ने
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने