काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीमा रहेका नेता कार्यकर्तालाई घर फर्किन सार्वजनिक आह्रवान गरेपनि समुहगत पार्टी एकताका नाममा भने नभित्राउने बताएका छन् ।
शनिबारको पार्टी सचिवालय बैठकमा ओलीले ब्यीक्तगत रुपमा एमाले फर्किनेलाई जहिल्यै ढोका खुल्ला राखिएपनि पार्टी वा समुह बनाएर एकताका नाममा आउनेलाई भने इन्टी नभएको बताएका हुन् ।
‘कुनै अमुक समूहसँग एकता हुँदैन । उहाँहरू (एकीकृत समाजवादीका असन्तुष्ट) सँग मैले कुरा गरेको छु । तपाईंहरू आउनुहोस् भनेको छु । व्यक्तिगत रूपमा दस–बीसजना आए पनि व्यक्तिगत नै हुनेछ ।’ ओलीले बैठकमा भने, ‘अलग्गै समूह बनाएर समूहगत रूपमा एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन । त्यसरी एकता भनेर कसैलाई पनि इन्टी गराउन सकिँदैन ।’
एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाल, घनश्याम भुषाल, रामकुमारी झाँक्री लगायतका नेताहरु एकता प्रक्रियामा नजाने निर्णयमा पुगेका छन् ।
उनीहरुले पार्टी पूर्नगठनका लागि कार्यकर्ता भेला बोलाउने तयारी गरेका छन् । एकीकृत समाजवादीभित्रको यही असन्तुष्टि देखेपछि ओलीले सार्वजनिक रुपमा आह्रवान नै गरेर घर फर्किन भनेका थिए ।
विधा भण्डारीको सदस्यता नविकरण गर्न रोकेका ओलीले एकीकृत समाजवादीका नेता हरुलाई पनि पार्टीगत एकता भन्दै एमालेमा भित्राउन भने नसकिने प्रष्ट पारेका हुन् ।खनाल, झाँक्री लगायतका नेताहरु भने पार्टी पूर्नगठन गर्ने र एमालेसाग सम्वाद गरेर एकता गर्ने तयारीमा जुटिरहेका बेला ओलीले ब्यक्तिगत रुपमा पार्टी प्रवेश गर्न चाहे स्वागत गर्ने बताएका हुन् ।
नेताहरुले पूर्व राष्ट्रपति भण्डारीको सदस्यताका बारेमा पनि नेताहरुले बैठक नै पिच्छे कुरा उठाउन थालेपछि ओलीले अव भण्डारीसँगै सिरियस्ली कुरा गर्ने र अर्काे बैठकमा यसबारेमा निर्णय लिने बताएको एक सचिवालय सदस्यले बताए ।
शनिबारको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई लगायतका नेताहरुले भण्डारीको सदस्यताबारे कुरा फेरि उठाएका थिए । गत केन्द्रीय समिति बैठकमा ओलीले भण्डारीसँग यसबारेमा छलफल गर्ने र निर्णय लिने भनेपनि भण्डारीसँग उनले कुरा अझै गरेका थिएनन ।
सदस्यहरूले जोडबल गर्न थालेपछि सिरियस्ली कुरा गर्छु भनेको एक सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)