काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौंको महानगरमा बालेन्द्र शाहलाई मेयर बनाउनेहरू अपराधी र देशद्रोही भएको आरोप लगाएका छन् ।
थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले गएराति पोष्ट गरेको अश्लिल पोष्टको स्क्रिनसट राख्दै गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही भएको उल्लेख गरेका छन् ।
बालेनले शनिबार राति अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेर स्टाटस पोष्ट गरेका थिए । बालेनले उक्त स्टाटस अहिले हटाइसकेका छन् ।
थापाले लेखेका छन्– गाँजा तानेर लुसिफर (दलाल/शैतान) बेहोसीमा पागल भएर लेखेको– आफैँले हटाएर खुब आनन्द मानेको छ । सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नास भएर रातीराती देश बनाउने स्वाँङ पो गर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?