काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौंको महानगरमा बालेन्द्र शाहलाई मेयर बनाउनेहरू अपराधी र देशद्रोही भएको आरोप लगाएका छन् ।
थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले गएराति पोष्ट गरेको अश्लिल पोष्टको स्क्रिनसट राख्दै गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही भएको उल्लेख गरेका छन् ।
बालेनले शनिबार राति अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेर स्टाटस पोष्ट गरेका थिए । बालेनले उक्त स्टाटस अहिले हटाइसकेका छन् ।
थापाले लेखेका छन्– गाँजा तानेर लुसिफर (दलाल/शैतान) बेहोसीमा पागल भएर लेखेको– आफैँले हटाएर खुब आनन्द मानेको छ । सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नास भएर रातीराती देश बनाउने स्वाँङ पो गर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’
के थियो बालेनको स्टाटस ? किन भइरहेको छ विरोध ?
प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी