काठमाडौं । आज (कात्तिक १६ गते)देखि देशभरका सरकारी कार्यालयको कार्यालय समय घटेको छ। सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको समयअनुसार अब माघ १५ गतेसम्म कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्नेछ।
यसअघि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको थियो। शुक्रबारका दिन भने अघिल्ला वर्षझैं कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यथावत् रहनेछ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार,
(क) वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म रहनेछ।
(ख) कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म मात्र कार्यालय खुल्नेछ।
(ग) शुक्रबारका दिन बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म कार्यालय समय कायम रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यालय खुले तर कर्मचारी बाहिरै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड