स्रोत नखुलेको २८ लाख रुपैयाँसहित कैलालीबाट दुई भारतीय पक्राउ

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०८२, १३ : ४९
स्रोत नखुलेको २८ लाख रुपैयाँसहित कैलालीबाट दुई भारतीय पक्राउ

काठमाडौँ। कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका(३ स्थित मिलनचोकबाट नियन्त्रणमा लिएको हो ।

कैलालीका प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ बरामद भएको छ।

पक्राउ परेका मध्ये हरचित गुप्ताले चलाएको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा स्रोत नखुलेको रकम फेला परेको थियो ।

कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस