काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् ।
गत भदौ २४ गते भएको जेन जेड आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिए ।
त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।
उनीहरूले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका थिए । जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुन:निर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव