काठमाडौँ। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ ।
आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थिति थियो।
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचार संहिता पनि बनाएको बताए ।
उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौँ। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौँ।’
उनका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन् ।
नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरू त्यस क्षेत्रमा खटिएका छन् । ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, अन्य पदमा यस्तो छ नतिजा (ताजा अपडेट)
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर
एमाले महाधिवेशन : सुरु भयो मतगणना