काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गतेका लागि बोलाइएको हो ।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९-३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७-२९ मा गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्नेछ।
भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं