काठमाडौं ।चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!
चितवनमा आज अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजना गरिएको हस्ताक्षर अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
यस अभियानले जेन Z आन्दोलनमाथि भएको दमन, विद्यार्थी हत्या, घुसपैठ र षड्यन्त्रपूर्ण गतिविधिहरूको सत्यतथ्य छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गर्दै युवाहरूको आवाजलाई देशभर पुर्याएको छ।
हजारौं युवाहरूले शान्तिपूर्ण तरिकाले हस्ताक्षर गरेर न्यायको माग राखे।
अखिल (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष सुसिल कार्की (अब्दुल) ले भन्नुभयो:
"चितवनमा सफल भएको हस्ताक्षर अभियान अब सबै स्थानमा विस्तार हुनेछ। हामी न्यायको मागलाई देशभर फैलाउने छौं।"
यो अभियानले केवल हस्ताक्षर मात्र नभई युवाहरूको एकता, जिम्मेवारी, र न्यायका लागि प्रतिबद्धता पनि देखाएको छ।
अभियानले चितवनबाट सुरु भई देशभर फैलिने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन