चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०८२, १७ : ०३
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!

काठमाडौं ।चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!

चितवनमा आज अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजना गरिएको हस्ताक्षर अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

यस अभियानले जेन Z आन्दोलनमाथि भएको दमन, विद्यार्थी हत्या, घुसपैठ र षड्यन्त्रपूर्ण गतिविधिहरूको सत्यतथ्य छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गर्दै युवाहरूको आवाजलाई देशभर पुर्‍याएको छ।

हजारौं युवाहरूले शान्तिपूर्ण तरिकाले हस्ताक्षर गरेर न्यायको माग राखे।

अखिल (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष सुसिल कार्की (अब्दुल) ले भन्नुभयो:

"चितवनमा सफल भएको हस्ताक्षर अभियान अब सबै स्थानमा विस्तार हुनेछ। हामी न्यायको मागलाई देशभर फैलाउने छौं।"

यो अभियानले केवल हस्ताक्षर मात्र नभई युवाहरूको एकता, जिम्मेवारी, र न्यायका लागि प्रतिबद्धता पनि देखाएको छ।

अभियानले चितवनबाट सुरु भई देशभर फैलिने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस