काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही प्रशासनिक विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ। यस क्रममा केही सचिव तथा सहसचिवहरूको सरुवा हुने सम्भावना रहेको छ।
प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतका अनुसार रिक्त राजस्व सचिव र बढुवासँग पदस्थापन हुन बाँकी रहेका एक सचिवको व्यवस्थापनका क्रममा करिब आधा दर्जन सचिवहरूको सरुवा हुन सक्ने अनुमान गरिएको छ। साथै, केही सहसचिवहरूको समेत सरुवा हुने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत