काठमाडौँ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० पदमा बढुवा हुनुभएका सहकुल थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक ९डिआइजी० पदबाट एआइजी पदमा बढुवा गर्ने निर्णयअनुसार आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए। सङ्गठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने महानिरीक्षक थापाको भनाइ थियो ।
कार्यक्रममा पदोन्नति हुनुभएका थापाले नेपाल सरकार एवं प्रहरी सङ्गठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ सङ्गठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफू बोलाइभन्दा गराइमा विश्वास गर्ने भएकाले आफ्नो वुद्धि, विवेक र इमान्दारपूर्वक सङ्गठनको श्रीवृद्धिमा लाग्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ असार २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीपी कार्की न्यूयोर्क प्रस्थान
२ सय ३१ जना असई सई पदमा बढुवाका लागि सिफारिस (सूचानसहित)
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन