एजेन्सी । भारतमा भयावह रुपमा फैलिएको कोरोनाभाइरसको दोस्रो लहर केही दिन यता घट्दै गएको देखिएको छ। संक्रमण घटेपनि मृत्यु दर घट्न सकेको थिएन तर दुई,तिन दिन यता मृत्युदर पनि घट्दै गएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्। मे २४ देखि ३० सम्म भारतभर २४ हजार ३ सय ७२ संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो साताभन्दा झन्डै पाँच हजार कम हो। मार्चको पहिलो सातादेखि बढ्न थालेको भारतको मृत्युदर त्यसयता लगातार बढेको बढ्यै थियो ।
पछिल्लो समय दैनिक संक्रमण घटे पनि भारतमा मृत्युदर भने ४ हजारको आसपासमा रहिरहेको थियो । आइतबार भने भारतमा दैनिक संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि निकै तल झरेको छ। भारतभर आइतबार १ लाख ५३ हजार संक्रमित थपिएका छन्। बितेका ५० दिनमा आइतबार सबैभन्दा कम संक्रमित थपिएका हुन्।
त्यस्तै आइतबार ज्यान गुमाउने संक्रमितको संख्या २ हजार ७ सय २२ छ। यो अप्रिल २७ यताकै सबैभन्दा कम संख्या हो। भारतका यि राज्यहरुमा सिक्किम, मणिपुर, अरूणाञ्चल, मिजोरम लगायतका स्थानमा भने कोरोना संक्रमित बढेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा