एजेन्सी । भारतमा भयावह रुपमा फैलिएको कोरोनाभाइरसको दोस्रो लहर केही दिन यता घट्दै गएको देखिएको छ। संक्रमण घटेपनि मृत्यु दर घट्न सकेको थिएन तर दुई,तिन दिन यता मृत्युदर पनि घट्दै गएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्। मे २४ देखि ३० सम्म भारतभर २४ हजार ३ सय ७२ संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो साताभन्दा झन्डै पाँच हजार कम हो। मार्चको पहिलो सातादेखि बढ्न थालेको भारतको मृत्युदर त्यसयता लगातार बढेको बढ्यै थियो ।
पछिल्लो समय दैनिक संक्रमण घटे पनि भारतमा मृत्युदर भने ४ हजारको आसपासमा रहिरहेको थियो । आइतबार भने भारतमा दैनिक संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि निकै तल झरेको छ। भारतभर आइतबार १ लाख ५३ हजार संक्रमित थपिएका छन्। बितेका ५० दिनमा आइतबार सबैभन्दा कम संक्रमित थपिएका हुन्।
त्यस्तै आइतबार ज्यान गुमाउने संक्रमितको संख्या २ हजार ७ सय २२ छ। यो अप्रिल २७ यताकै सबैभन्दा कम संख्या हो। भारतका यि राज्यहरुमा सिक्किम, मणिपुर, अरूणाञ्चल, मिजोरम लगायतका स्थानमा भने कोरोना संक्रमित बढेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’