काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गरेका छन्।
सिंहदरवारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गरिन्। उनले चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने बताइन् ।
राजदूतले राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेख्य सफलता हासिल गर्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले जानकारी दिए। उनले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताइन् ।
राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वच्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राखे । भेटमा सरकारका उच्च अधिकारीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्री मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूको शिष्टाचार भेट
सेवा भावनाका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री मेहताको आग्रह