काठमाडौँ । भारतले नेपालसँगको द्विपक्षीय सहकार्यअन्तर्गत पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्ति निरन्तर जारी रहने जनाएको छ ।
बिहीबार आयोजित नियमित मिडिया ब्रिफिङमा रणधीर जैसवालले नेपाल-भारत सम्बन्ध बहुआयामिक प्रकृतिको रहेको उल्लेख गर्दै व्यापार तथा आपूर्ति व्यवस्थापनका क्षेत्रमा सहकार्य कायम रहेको बताएका हुन् ।
नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले दुई देशबीचको आयात-निर्यात प्रणाली नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए । पेट्रोलियम पदार्थको हकमा विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै आपूर्ति भइरहेको र आगामी दिनमा पनि सोही ढाँचामा सहयोग निरन्तर रहने उनको भनाइ थियो ।
रासायनिक मल आपूर्तिका विषयमा पनि भारतीय पक्षले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाललाई आवश्यक पर्ने मल उपलब्ध गराइने भन्दै प्रवक्ता जैसवालले यस क्षेत्रमा सहकार्य कायम रहने संकेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ बैशाख २०८३, १९ : ५१
लेखकबाट थप