काठमाडौँ । रवि लामिछाने पाँच दिनको औपचारिक भ्रमणका लागि आज भारततर्फ प्रस्थान गरेका छन्। भ्रमण भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा तय भएको हो।
उनीसँगै पार्टीका प्रतिनिधिहरू तथा परिवारका सदस्यहरू पनि भ्रमण दलमा सहभागी भएका छन्। भ्रमण टोलीमा विपिनकुमार आचार्य, दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य रहेका छन्।
पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेको भारत भ्रमण जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म तय गरिएको छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट हुने कार्यक्रम छ।
उक्त अवधिमा भारतीय जनता पार्टीका नेतृत्वसँग छलफल, भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया तथा पार्टी निकटका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यसूची रहेको जनाइएको छ।
भ्रमणका क्रममा अयोध्या क्षेत्रको अवलोकनसमेत गर्ने कार्यक्रम समावेश गरिएको छ।
भ्रमण तथा भेटवार्ता व्यवस्थापन र समन्वयका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले सहकार्य गरिरहेको रास्वपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रवि लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
रविलाई दिल्लीको निम्तो, भ्रमण तय हुनु आफैंमा अर्थपूर्ण घटनाक्रम
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज