काठमाडौं । सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्दै करको दायरा वृद्धि र दर घटाउने नीति लिएको छ। अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई रिझाउन करदेखि दस्तुरसम्म छुट दिएका छन्।
बजेटमार्फत करिब ९० वटा वस्तुको भन्सार महसुल घटाइएको छ। गत वर्षको बजेट भाषणमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा कर लगाएपछि चर्को आलोचना खेपेका थिए। अहिलेका अर्थमन्त्री पौडेलले उक्त कर घटाएका छन्। विद्युतीय सवारीसाधन, खाद्यन्न, मोबाइललगायत ९० भन्दा बढी वस्तुको भन्सार घटाइएको छ। चुरोट, मदिरा, वाइन, बियरलगायत हल्का पेय पदार्थको भन्सार महसुल बढाइएको छ।
अर्थमन्त्री पौडेलले विद्युतीय गाडीको भन्सार दर ४० प्रतिशतमा झारेका छन्। यसअघि लगाएको अन्तःशुल्क खारेज गरेर भन्सारमा पनि भारी कटौती गरिएको हो। एक सय किलोवाटसम्म १० प्रतिशत, सयदेखि दुई सयसम्म १५ प्रतिशत, दुई सयदेखि तीन सयसम्म ३० प्रतिशत र तीन सय किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा ४० प्रतिशत भन्सार तोकिएको छ।
साना फर्म, घरेलु उद्योगलाई राहत हुनेगरी कम्पनी रजिस्ट्रारको कार्यालयमा समयमै कागजात नबुझाउने व्यवसायीलाई लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिइएको छ। समयमा साधारणसभा गर्न नसक्ने, साधारणसभा गर्नेले पनि समयमै कार्यालयमा डकुमेन्ट नबुझाउनेलाई राहत मिलेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ जेठ २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट