बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, १७ : ३२
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस्तो घोषणा गरेका हुन् ।

जसका लागि २० करोड बजेट बिनियोजन गरिको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस