काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कार्यपालिका प्रमुखको कुर्सी छोड्ने उचित समय कुन हो ?
प्रतिनिधिसभाका बहुसंख्यक सांसदले आगामी सरकारका लागि मार्गप्रशस्त गर्ने प्रस्ट आधार तयार पारेर न्यायपालिकामा उभिएको क्षण राजीनामा दिने उचित साइत होइन ?
प्रधानमन्त्री ओली २०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले चयन गरेका र दुई तिहाइ निकटको बहुमतका कार्यकारी प्रमुख हुनुहुन्थ्यो । विगत तीन वर्षमा उहाँले मुलुकको विकासका लागि धेरै राम्रा काम पनि गर्नुभयो ।
उहाँलाई पाँच वर्ष लामो कार्यकाल पूरा गर्न र उहाँकै सरकारले निर्वाचन गराएर २०७९ सालमा बन्ने नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नु लोकतान्त्रिक अभ्यासको सुन्दर विकल्प हुने थियो ।
तर, पछिल्लो समय उहाँ प्रस्ट अल्पमतमा पर्नुभयो । प्रतिनिधिसभामा विश्वासको मत माग्दा उहाँले पाउनुभएन । त्यसै क्षण राजीनामा दिने दोस्रो साइत थियो, त्यसलाई उहाँले उम्काउनुभयो ।
तर, यो तेस्रो साइत उहाँका अगाडि छ– कुनै पनि बहानाबाजी नगरी राजीनामा दिनु उहाँको राजनीतिक स्वास्थ्यका लागि लाभप्रद देखिन्छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ जेठ २०७८, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी