जसपामा कारबाही होडबाजी

पत्रपत्रिकाबाट

सोमबार, १० जेठ २०७८, ०७ : ११
जसपामा कारबाही होडबाजी

काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ ।

सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो ।

विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम बढेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं संसदीय दलका नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै अघि बढिरहेका छन् ।

तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई समूह विपक्षी गठबन्धनसँग सहकार्य गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी छन् ।

पार्टीशीर्ष नेता नै दुई समूहमा विभाजित भएपछि जसपा फुट्ने सम्भावना बढेर गएको छ । फुटनजिक पुगेको जसपा अध्यक्ष यादव समूहले पार्टी नेतालाई कारबाही गर्ने निर्णयसमेत गरेको छ । राजधनी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस