जसपामा भाँडभैलो, निर्वाचन आयोगलाई पत्र लेख्दै यादव पक्ष

पत्रपत्रिकाबाट

आइतबार, ०२ जेठ २०७८, ०८ : १९
जसपामा भाँडभैलो, निर्वाचन आयोगलाई पत्र लेख्दै यादव पक्ष

काठमाडौँ । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको छ।

 उपेन्द्र यादव पक्षले शनिबार बोलाएको कार्यकारिणी समितिको बैठकमा बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित भएको यादव पक्षका नेताहरूको दाबी छ। उक्त बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने महन्थ ठाकुर पक्षधरको निर्णय अवैधानिक भएको निष्कर्ष निकालेको छ।  

बैठकमा सहभागी यादव पक्षका नेता रामसहाय यादवका अनुसार आइतबार यादव पक्षले निर्वाचन आयोग र संसद् सचिवालयमा चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय पार्टीको नभएको जानकारी गराउने भएको छ।

यता, शनिबार ठाकुरले विज्ञप्ति निकाली उपेन्द्र यादव पक्षले बोलाएको बैठक पार्टीको बैठक नभएको दाबी गरेका छन्।  

ठाकुर पक्षले महतो संसदीय दलको नेता चयन भएको जानकारी आइतबार संसद् सचिवालय र निर्वाचन आयोगलाई गराउने भएको छ। शुक्रबार ठाकुर पक्षका नेताहरूले बैठक गरी महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थिए। महतो पक्षका नेताहरू बहुमत सांसदहरूबाट महतोलाई दलको नेता चयन गरेको बताएका छन्। यादव पक्षले पनि संसदीय दलमा आफू बहुमतमा भएको दाबी गरेको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस