काठमाडौं । अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड–१९ सङ्क्रमित ६६७ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँकोसरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार बिगत दुई हप्तामा सङ्क्रमित सङ्ख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ ।
अमेरिकामा सोमबारसम्म कूल पाँच लाख ९५ हजार ३०२ सय कोभिड सङ्क्रमितको मृत्यु भएको छ । यो दुई हप्तामा मृत्यु सङ्ख्यामा छ प्रतिशतले कमी आएको बताइएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा विगत २४ घण्टामा ३९ हजार ७२ व्यक्ति अस्पतालमा कोरोना उपचारको लागि भर्ना भएका भएपनि अघिल्लो हप्ताभन्दा अस्पताल पुग्ने विरामीको सङ्ख्या अत्यधिक कम रहेको उल्लेख गरिएको छ ।
आइतबारसम्म कोरोनाबाट संक्रमित हुने अमेरिकीको सङ्ख्या तीन करोड २७ लाख ७९ हजारभन्दा बढी रहेको छ । यहाँ कोभिड–१९ विरूद्धको दुबै खोप लगाउनेको सङ्ख्या ३४ प्रतिसत पुगेको छ भने एक मात्रा मात्र खोप मात्र लगाउनेको संख्या ४६ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ बैशाख २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता