काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुप गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा आगामी २७ वैशाखमा विश्वासको मत लिदैछन् । नेकपा (माओवादी केन्द्र)को समर्थनमा बनेको ओली सरकारले माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । स्थायी समिति बैठकले विश्वासको मतका लागि दलहरूसँगको छलफल अझै संघन रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
त्यसैगरी आगामी ६ जेठमा हुने (बाग्मती प्रदेशतर्फको) राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनेगरी छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिएका छन् । ‘६ जेठमा हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एकजना राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउनेगरी, एमालेको जीत सुनिश्चित हुनेगरी छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले राजधानीसँग भने, ‘उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौं । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २४ बैशाख २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’