काठमाडौं । लागुऔषध ओसारपोसार गर्ने क्रममा तीनजना पक्राउ परेका छन् । काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेका छन्। बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल डाइजेपाम, ३० एम्पल फेनारगन, ३० एम्पल नुफिन, दुई बोतल कोरेक्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०७७, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा