काठमाडौं । लागुऔषध ओसारपोसार गर्ने क्रममा तीनजना पक्राउ परेका छन् । काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेका छन्। बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल डाइजेपाम, ३० एम्पल फेनारगन, ३० एम्पल नुफिन, दुई बोतल कोरेक्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०७७, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ