धनगढी । सुदूरपश्चिममा प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाबाट विभिन्न किसिमका लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीमा पाँच, कञ्चनपुरमा दुुई र दार्चुलामा एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा २४ वर्षीय कमल चौधरीलाई २३० ग्राम गाँजासहित पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीको टोलीले उनको घरमा खानतलासी गर्दा गाँजा फेला पारेको थियो ।
यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट ३१ वर्षीय दिनेश शाही ६३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ परेका छन् । सोही क्षेत्रमा २१ वर्षीय खकेन्द्र साउदलाई ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, नाइट्रोजाम ३ क्याप्सुल र स्पाजाम ८ क्याप्सुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ