काठमाडौँ । प्रहरीले प्रतिबन्धित लागूऔषध ६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थाई प्रहरी पोष्ट नेपालटार उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका वडा ४ तितिरेबोट स्थितबाट ६ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो।
सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजासहित सिराहा जिल्लाको लिलादेवी राम र अस्मिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ