१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०६ जेठ २०८३, ०९ : १७
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एकथान पेस्तोल र एकथान एयरगन सहित ६ जनालाई पक्राउ गरेको हो ।

लागुऔषध प्रयोगकर्ताले गाँजालाई पेलेर धुलो बनाएर चुरोटमा राखेर खाने बस्तुलाई पोल्याण्ड भन्ने गरिन्छ । लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो ।

बौद्ध स्थित जबमुडाँडाको फोहोरमैला सङ्कलन केन्द्रमा लुकाएर राखेको अवस्थामा एउटा पेस्तोल र एउटा एयरगन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका विनोद अधिकारी, विकाश सुनुवार, सुदिप परियार र सक्सन दोर्जे लामा लगायत छन् । आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस