काठमाडौँ । लागु औषध नियन्त्रण ब्युरो, कोटेश्वर र मातहतको कार्यालय विराटनगरबाट खटिएको विशेष प्रहरी टोलीले लागु औषध (खैरो हेरोइन)मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक जना जेन जेड आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणबाट भागी फरार भएका प्रतिवादीसमेत रहेका प्रहरीले जनाएको छ ।
ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार ब्युरोको टोलीले सोमवार दुवै प्रतिवादीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मोरङका २९ वर्षका ज्ञानेन्द्र खड्का र जिल्ला बारा, परवानीपुरका ३०वर्षका खडानन्द प्रसाद यादव रहेका छन् । हाल दुवै प्रतिवादीहरूलाई लागु औषध नियन्त्रण ब्युरो, कोटेश्वरले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०८३, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ