काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि केपी ओलीको प्रवृत्तिलाई तह लगाउन नसकेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताएका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै दाहालले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताए । ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको दाहालको भनाइ थियो ।
‘अब जनता जागिसके, सुत्नेवाला छैनन्,’ उनले भने, प्रतिगमनविरूद्ध सबै जनता खडा भइसकेका छन् ।’ अध्यक्ष प्रचण्डले छिट्टै जनताको सरकार आउने बताए । उनले भने, ‘त्यसले केपी ओली र उनका गुटलाई कारवाही गर्नेछ।’ ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए। उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०७७, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन