काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि केपी ओलीको प्रवृत्तिलाई तह लगाउन नसकेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताएका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै दाहालले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताए । ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको दाहालको भनाइ थियो ।
‘अब जनता जागिसके, सुत्नेवाला छैनन्,’ उनले भने, प्रतिगमनविरूद्ध सबै जनता खडा भइसकेका छन् ।’ अध्यक्ष प्रचण्डले छिट्टै जनताको सरकार आउने बताए । उनले भने, ‘त्यसले केपी ओली र उनका गुटलाई कारवाही गर्नेछ।’ ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए। उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०७७, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद