काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको स कदमविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नागरिक अभियन्ताहरुबीच विभिन्न चरणमा भएका छलफलबाट थप आन्दोलनका कार्यक्रम तय गरिएको हो ।
ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै अभियानले यसविरुद्ध प्रतिरोधकै कार्यक्रम अन्तर्गत आगामी पौष २८ प्रज्ञा प्रतिष्ठान डबलीमा नागरिक सभा गर्ने निर्णय गरेको छ ।
उक्त सभालाई नागरिक अगुवा कृष्ण पहाडी, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तार विरोधी संघर्षका अभियन्ता विद्या श्रेष्ठ, नागरिक अभियन्ता डा. मुक्तसिं तामाङ, सि.एन. थारु लगायतले सम्बोधन गर्ने अभियानकर्मी युग पाठकले जानकारी दिए । कार्यक्रममा धिमे एपिसोड तथा युवा महिला अभियन्ताहरुको ‘फ्ल्यास मोब’ प्रस्तुति पनि रहनेछ ।
यस्तै प्रतिगमनका श्रृंखलाविरुद्ध र सामाजिक न्यायसहित संघीय समावेशी गणतन्त्र संस्थागत गर्ने नागरिक चेतनाको संबद्र्धनका निम्ति भविष्यमा अझ संघर्षपूर्ण कार्यक्रम ल्याइने पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ पुस २०७७, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली