काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भइरहेको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भए पनि गौतम कुनै पनि समूहमा खुल्नुभएको छैन । संसद् विघटनको विरोध जनाउनुभएका उपाध्यक्ष गौतम दुवै समूहको बैठक र भेलामा सहभागी हुनुभएको छैन ।
दुवै समूहमा नखुल्नुभएका गौतमले शनिबार प्रचण्ड निवासमा भेटवार्ता गर्नुभएको छ । दुई नेताबीच करिब एक घण्टा वार्ता भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरे पनि गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।
संसद् विघटन प्रकरणपछि नेकपा विभाजित भए पनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतै पनि खुल्नुभएको छैन । दुवै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आए पनि गौतमले निर्णय लिइसक्नुभएको छैन । गौतम दुवै पक्षको केन्द्रीय समितिका नेताहरुको दुवै समूहको भेलामा सहभागी हुनुभएको छैन । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १२ पुस २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम
संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल