काठमाडौं । नेकपाका नेता देव गुरुङले संविधान संशोधन गर्दा गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता संविधानका आधारभूत विषयमा चलाउन नपाइने बताएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संविधान संशोधनबाट शासकीय स्वरूप परिवर्तन गर्न गाह्रो रहेको जिकिर गरे।
उनले भने, ‘अहिलेको प्रतिनिधि सभाको बेसमा संविधान संशोधन गर्ने हो। यो प्रतिनिधि सभालाई शासकीय स्वरूप चेन्ज गर्ने अधिकार छैन। मन्त्री परिषद्को सङ्ख्या कति बनाउने, संसद्को आकार कति बनाउने, के बनाउने कुराहरू त हुन सक्ला। तर शासकीय स्वरूप चेन्ज गर्ने अधिकार छैन।’
उनले जेनजी विद्रोहयता सङ्घीयतालाई लिएर नकारात्मक भाष्य बनाइएको जिकिर गरे। पटक पटक सोधेपनि सरकार र सत्तारूढ दलले संविधान संशोधनबारे स्पष्ट जवाफ नआएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौर हत्याकाण्डबारे माओवादी: ‘राजनीतिक प्रकृतिको घटना भन्दैमा घेराबन्दी गरेर कसैको पनि सामुहिक हत्या गर्न पाइँदैन’
विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ
ओलीका कारण शान्ति प्रक्रिया अवरुद्ध हुनसक्छ: देव गुरुङ