काठमाडौँ । फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै पाराग्वेले चार पटकको विजेता जर्मनीलाई प्रतियोगिताबाट बाहिर पठाएको छ । सोमबार बिहानका राति भएको रोमाञ्चक र तनावपूर्ण राउन्ड अफ ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । सुटआउटमा पाराग्वे ४–३ ले विजयी भयो ।
विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । यो पराजयसँगै जर्मनी सन् २०१० मा विश्वकप जितेयता लगातार चौथो पटक अन्तिम १६ मा पुग्न असफल भएको छ ।
खेलको ४२ औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत उत्कृष्ट गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा कमजोर प्रदर्शन गरेको जर्मनीले दोस्रो हाफको सुरुवातमै खेलमा पुनरागमन गर्यो । ५३ औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि जर्मनीले कर्नरमार्फत अर्को एक गोल गरे पनि पाराग्वेका गोलकिपरमाथि फल भएको भन्दै भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन ।
यस सिजन आर्सनललाई २२ वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्मन फरवार्ड काइ हाभर्ट्ज पेनाल्टी सुटआउटको पहिलो प्रहारमै चुकेका थिए । सुटआउटमा जर्मनीका तीन खेलाडीले गोल गर्न सकेनन् भने पाराग्वेका दुई खेलाडीको प्रहार विफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित
जर्मनी विश्वकपको नकआउट चरणमा : नायक बने डेनिज उन्दाभ
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित
जर्मनीद्वारा यूक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा