एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०८३, १० : ४०
एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी चढेको छ।

सर्वोच्चको इजलास नम्बर १० मा आजका लागि उक्त मुद्दाको पेसी तोकिएको हो।

उपाध्यक्ष पौडेलको हकमा उनकी पत्नी दोमाया पौडेलले विशेष अदालत बबरमहल, काठमाडौँ समेत ५ लाई विपक्षी बनाई सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। मुद्दा नम्बर ०८२-WH-0317 रहेको उक्त रिट निवेदन २०८३ असार १० गते सर्वोच्चमा दर्ता भएको हो ।