काठमाडौँ । अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकामा सोमबार राति भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
दोस्रो हाफमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान छिरेका मार्टिनेलीले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै ब्राजिलको जित पक्का गरेका थिए । अब ब्राजिलले आइतबार न्युजर्सीको इस्ट रदरफोर्डमा हुने अन्तिम १६ को खेलमा आइभोरी कोस्ट वा नर्वेमध्ये एकको सामना गर्नेछ ।
खेलको २९ औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिडफिल्डमा ब्राजिलका खेलाडीले अगाडि बढाएको बल खोस्दै डि-बक्स बाहिरबाट उत्कृष्ट प्रहारमार्फत गोल गरेका हुन् ।
एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातमै खेललाई बराबरीमा ल्याउने केही अवसर गुमाएको थियो । ५२ औँ मिनेटमा ब्रुनो गुइमारेसको हेडरलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गरे । त्यसको लगत्तै गोलकिपर सुजुकीको अनुहारमा ठोक्किँदै बाहिरिएको थियो ।
५६ औँ मिनेटमा ग्याब्रिएल मागाल्हेसको पासमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । जापानी गोलकिपर सुजुकीले रोक्ने प्रयास गरे पनि उक्त प्रहार जाली चुम्न पुगेको थियो । ५८ औँ मिनेटमा जारी विश्वकपमा चार गोल गरिसकेका भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने मौका पाएका थिए, तर उनको प्रहारलाई गोलकिपर सुजुकीले विफल पारिदिए ।
यो पराजयसँगै जापानको विश्वकप नकआउट चरणमा जित निकाल्ने सपना फेरि अधुरै बनेको छ । जापानले हालसम्म विश्वकपको नकआउट खेल जित्न सकेको छैन । यो हारसँगै जापानको पछिल्लो १० खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।
ऐसोमबारको यो जित ब्राजिलका लागि ऐतिहासिक रूपमा पनि विशेष रह्यो । सन् १९५८ मा आजकै दिन (सोमबार) १७ वर्षीय पेलेले दुई गोल गर्दै ब्राजिललाई स्वीडेनविरुद्ध पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए । ऐतिहासिक उपाधि जितकै वार्षिकोत्सवका दिन ब्राजिलले यो रोमाञ्चक जित निकालेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित
फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित
ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए