काठमाडौं । प्रधानमन्त्री केपी ओली फेरि टुटाउने र फुटाउने खेलमा लागेका छन् । आफ्नै पार्टीका नेताहरुलाई फुटाउने र कमजोर तुल्याई आफु बलियो बन्ने दाउमा उनी फेरी लागेका छन् । यही क्रममा उनले अध्यक्ष प्रचण्डसँग सम्बन्ध बिग्रेपछि वरिष्ठ नेता माधव नेपाललाई फकाउने र पूर्व एमाले समुहलाई एकगठ बनाउने अनेक फन्डा फाले । पूर्व एमाले एक हुनुपर्ने भन्दै उनले नेपाल, उपाध्यक्ष बामदेव गौतम ललायतका नेतालाई फकाउन अनेक प्रयास गरे ।
तर उनको यो प्रयास सफल हुन सकेन् । उनले पूर्व एमालेका नेताहरुलाई एक बनाउन सकेको भए अहिले पार्टी विधानको धारा ६० मा रहेको बहुमत÷अल्पमत प्रयोग गरेरै भएपनि प्रचण्डलाई साइजमा ल्याउने प्रयास गरेका थिए । उनले माधव नेपाल मिलाउन सकेको भए प्रचण्डलाई कि साइजमा ल्याउने र निरिह बनाउने कि त पार्टी नै छोडेर हिड्न बाध्य तुल्याउने काममा लागिसकेका थिए । माधव नेपाललाई ओलीले गत साउन देखि नै निक्कै मेहनतका साथ फकाउने प्रयास गरेका थिए ।
प्रचण्ड र माधव नेपाल बीचमा फाटो उत्पन्न गरेर आफ्नो राजनीति टिकाउने दाउमा लागेका ओलीको प्रयास सफल हुन सकिरहेको छैन् । त्यही भएर उनी अहिले पार्टी बैठकमै नजाने, बहुमतको निर्णय नमान्ने भन्दै धम्की दिने गर्दै आईरहेका छन् । बाहिर देखिदा ठाट देखाएपनि प्रधानमन्त्री ओली आफ्नो फुटाउ र राजगरको नीतिमा असफल भएपछि भित्र भित्र भने निक्कै कमजोर देखिएका छन् । त्यही कमजोरीपन उनको देखिन थालेको छ । नेता नेता बीच भड्काउने रणनीति अवलम्वन गरेर ।
९ साउनमा महाधिवेशन आयोजक समिति संयोजक वा पार्टी अध्यक्ष बनाउने गरी आफुले पहल लिने भन्दै फकाउने प्रयास गरेका थिए । त्यसपछि पूनः ४ कात्तिकमा खुमलटार धाएर केही नपाउने भन्दै बरु आफुसँगै सहकार्यका लागि हात बढाउन आग्रह गरेका थिए । ओलीले त्यक्तिमात्रै गरेनन, ११ कात्तिकमा पून नेपाललाई बोलाएर अब नेकपाको तपाईले नेतृत्व लिने हो, तयार रहनुहोस, सरकार सञ्चालनमा मलाई सहयोग गर्नुस भन्ने प्रस्ताव राखे । २३ कात्तिकमा उनले महाधिवशेनपछि अध्यक्ष र अर्काे चुनावपछि प्रधानमन्त्रीमा समेत आफुले सहयोग गर्ने गरी फेरि नयाँ कार्ड फ्याके ।
आफु निकटका नेताहरु कहिले को कहिले को प्रयोग गर्दै नेपाललाई फकाउने अधिकतम प्रयास ओलीले गरे । सुस्ताएर बसेका प्रदीप नेपाललाई सम्म फकाउन पठाएर लौ न माधव नेपाल फकाईदिनु पर्यो भनेर ओलीका दूतहरु धाए । तर पनि नेपालले ओलीको कार्यशैली सुधार हुनुपर्ने, मै हु राज्य, मै हु सर्वेसर्वा भन्ने शैलीको विरोध गरिरहे । उनले ओलीसँग हात मिलाएनन् । अनि ओली अहिले आफैले पार्टी एकता भन्दा अगाडी देखिको विषय उठान गरेर आरोप-प्रत्यारोपमा उत्रेका प्रचण्डसँगै फेरि हात मिलाउने कसरतमा लागेका छन् ।
उनले यो दीर्घकालको सम्बन्ध बनाउन, भएका समझदारी कार्यान्वयन गर्न भन्दा पनि कसरी हुन्छ आफुमाथीको संकट टार्ने र माधव नेपाल र प्रचण्डबीच समिकरण हुन नदिने, कसरी माधव र प्रचण्डलाई फुटाउने र दुई नेतालाई फुटाउदा आफु सत्तामा राज गर्ने भन्ने शैलीमा उनको रणनीति देखिएको छ । बुधबार उनले बालुवाटारमा प्रचण्डसँग गरेको छलफलमा पनि त्यही खालको रणनीति अख्तियार गरेका छन् । उनले माधव नेपाल लाई तपाई (प्रचण्ड) ले चिनेकै छैन्, माधव नेपाल धोकेबाज नेता हुन् भन्दै माधव नेपालसँग नभई आफैसँग सहकार्य गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए ।
तर प्रचण्डले आफुलाई ओली भन्दा माधव नेपाललाई विश्वासिलो लागेको मुखभरीको जवाफ ओलीलाई दिएर फर्केका छन् । ’म माधव नेपाललाई अहिले मात्र होइन् पञ्चायत काल देखि नै चिन्छु विधार्थी, मजदुर, किसानका आन्दोलनसँगै बसेर योजना बनाएका छौं, अझ जनयुद्ध कालमा उहाँसँग तत्कालिन एमालेको नेतृत्वमा रहेर काम गर्दा नजिकबाट चिन्ने र संगत गरेको नेताका रुपमा राम्रैसँग चिनेको छु,’ प्रचण्डले ओलीलाई जवाफ दिएका थिए,‘ तपाई जतिको रिजिक्ट माधव नेपाल हुनुहुन्न । को सँग संगठन गर्ने, नगर्ने तपाईले सिकाईरहनु पर्दैन ।’
प्रचण्ड र माधव नेपाल बीचमा फाटो उत्पन्न गरेर आफ्नो राजनीति टिकाउने दाउमा लागेका ओलीको प्रयास सफल हुन सकिरहेको छैन् । त्यही भएर उनी अहिले पार्टी बैठकमै नजाने, बहुमतको निर्णय नमान्ने भन्दै धम्की दिने गर्दै आईरहेका छन् । बाहिर देखिदा ठाट देखाएपनि प्रधानमन्त्री ओली आफ्नो फुटाउ र राजगरको नीतिमा असफल भएपछि भित्र भित्र भने निक्कै कमजोर देखिएका छन् । त्यही कमजोरीपन उनको देखिन थालेको छ । नेता नेता बीच भड्काउने रणनीति अवलम्वन गरेर ।
‘एक अर्का नेताको अनुपस्थितीमा अर्काे नेताका बारेमा टिकाटिप्पणी गरेर भड्काउने उनको यो शैली प्रचण्ड र माधव नेपाल दुवै परिचित हुनुहुन्छ, यसबाट उहाँले एक अर्काे नेतालाई भड्काउने प्रयास सफल हुन सक्दैन्,’ नेपाल निकटका एक स्थायी समिति सदस्यले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०७७, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु
विशेष अदालतमा माधव नेपालको बयान सुरु