मैले पार्टी एकतालाई जोड दिएको छु, कुनै पनि हालतमा फुट्दैन : वामदेव गौतम

रासस

शनिबार, ०६ मंसिर २०७७, १७ : ०४
मैले पार्टी एकतालाई जोड दिएको छु, कुनै पनि हालतमा फुट्दैन : वामदेव गौतम

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै सोको समाधान गर्न आफ्नोतर्फबाट निरन्तर पहल गरिरहेको जानकारी दिए ।

 “म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु” , उनले भने, “मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।” 

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको  उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए ।   उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने दावी गरे । 

उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए । 

प्रतिक्रिया दिनुहोस