एजेन्सी । भारतको बिहार प्रदेशको विधानसभा निर्वाचनमा पुनः नितिशकुमारको गठबन्धनले बहुमत प्राप्त गरेको छ । नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले १ सय २५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ ।
जितको खबर राति अबेर सार्वजनिक भएको थियो । जितसंगै निर्वाचित गठबन्धनका कार्यकर्ताले राति नै एकआपसमा खुसीसाटासाट गरेका थिए । एनडिएलाई कडा टक्कर दिएको लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको युपीए गठबन्धनले १ सय १० सिट प्राप्त गरेको छ ।
निर्वाचन पछि गरिएको पुर्व सर्वेक्षणमा तेजस्वीको गठबन्धनले पुर्ण बहुमत प्राप्त गर्ने आकलन गरिएको थियो । तर त्यसको विपरित एनडिएको गठबन्धनले नै सरकार बनाउने भएको छ । जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दशक बिहारको हुने र त्यसको लक्ष्य आत्मनिर्भर बिहार हुने बताएका छन्। ट्विट गर्दै बिहारका जनतालाई जितका लागि उनले धन्यवाद दिए भने केन्द्रीय गृहमन्त्रीले विपक्षी दललाई निशाना साँधेका छन् ।
बिहार विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले ७०, राष्ट्रिय जनता दलले ७५, जेदयू ४३ सिट जित्न सफल भएका छन्। यस्तै कांग्रेसले १९, लोक जनशक्ती पार्टीले १ तथा हिन्दूस्तान अवाम मोर्चाले ४ सिटमा जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ कार्तिक २०७७, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’
तीन शतकसँगै भारतले जोगायो टेस्ट