काठमाडौं । नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको अनौपचारिक बैठकले ओलीको सहमतिका लागि थप दुई दिन कुर्ने निधो गरेको हो ।
यसअघि गत शुक्रबार र शनिबार अनौपचारिक छलफल गरेपछि प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले दुई दिनभित्र सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गर्दै पत्र दिएका थिए तर उनीहरूले निर्धारण गरेको समयभित्र बैठक बोलाउन प्रधानमन्त्रीले सहमति दिएनन् ।
बरु उनले पार्टी विधानअनुसार १५ दिनभित्र बैठक बस्न सक्ने गरी कारबाही अघि बढाउन महासचिव विष्णु पौडेललाई तोक लगाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता