काठमाडौं । नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको अनौपचारिक बैठकले ओलीको सहमतिका लागि थप दुई दिन कुर्ने निधो गरेको हो ।
यसअघि गत शुक्रबार र शनिबार अनौपचारिक छलफल गरेपछि प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले दुई दिनभित्र सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गर्दै पत्र दिएका थिए तर उनीहरूले निर्धारण गरेको समयभित्र बैठक बोलाउन प्रधानमन्त्रीले सहमति दिएनन् ।
बरु उनले पार्टी विधानअनुसार १५ दिनभित्र बैठक बस्न सक्ने गरी कारबाही अघि बढाउन महासचिव विष्णु पौडेललाई तोक लगाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग