प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार एउटै पार्टी सरकार नभएको बताएका छन् । ‘ एउटा कुरा एउटै पार्टीको सरकारचाहिँ होइन । संयुक्त पार्टीको झै सरकार संचालन गरिरहेको छु, शनिबार राति एक टेलिभिजन अन्तर्वार्तामा ओलीले भने, ‘किनभने बहु शक्तिकेन्द्रहरु छन् । सरकार सञ्चालन त एक ठाउँबाट हुनु पर्छ नि तर बहु शक्तिकेन्द्र भएर अनि हरेकलाई आफ्ना आफ्ना मान्छे त्यहाँ चाहियो । आफ्ना मान्छे भनेका के ? पार्टीका कार्यकर्ता कि आफ्ना मान्छे ? म आफ्न मान्छेको पक्षमा मरिमेट्ने मान्छे होइन । देश र जनतको पक्षमा काम गर्ने मान्छे हुँ ।
उनले सबैलाई आफ्ना मान्छे चाहिएपछि निष्पक्ष्ता, क्षमता, योजना काम आफ्नो भएको भन्दै उनले राम्रा मान्छेहरुलाई सरकारमा समेट्नै पर्ने बताए ।
उनले पछाडि परेका समूदाय, जाति, भाषा, समूदायका अगाडि बढाउने भन्दै योग्यता क्षमताका र सक्रियतका आधारमा अघि बढ्ने बताए ।
उनले अहिले पनि आफूले सबै चित्त बुझाउनका लागि कतिपय आफ्ना मान्छेहरुलाई सेमेट्न बाध्य भएको पनि बताए ।
पार्टीले नीतिगत रुपमा मात्रै सरकार सुझाव दिन सक्ने भन्दै उनले सरकारको काम कारबाहीमा अअनावश्यक हस्तक्षेप गर्न नमिल्ने बताए । सरकारले पार्टी र कुनै नेताको स्वास्र्थ अनुृरुप काम नगर्ने भन्दै ओलीले सबै काम देशको हितका लागि मात्रै हुने तर्क गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०७७, २२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्री ओलीले गराए स्पेन भ्रमणबारे संसद्लाई जानकारी
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली