पार्टी फुट कदापि उचित र सही हुन नसक्ने प्रवक्ता श्रेष्ठको टिप्पणी

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०७७, २१ : ३२
पार्टी फुट कदापि उचित र सही हुन नसक्ने प्रवक्ता श्रेष्ठको टिप्पणी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी फुट कदापि उचित र सही हुन नसक्ने टिप्पणी गरेका छन् । उनले व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने र कसैको हित पनि नगर्ने बताएका छन् ।

‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दै’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यक्तिवाद ,अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन ।’ 

श्रेष्ठले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश विरुद्ध हुने भन्दै पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।

 उनले पार्टीको बैठक बसालेर सबै पक्षहरुका बारेमा खुला छलफल गर्नुपर्नेमा जोड दिँदै भनेका छन्, ‘पार्टी भित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार ,सिध्दान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी  पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन।’ तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्ने उनको भनाइ छ । 

जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नहुने भन्दै समयमा सोच्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस