रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा

सफल खबर संवाददाता

आइतबार, १४ असार २०८३, ११ : ५८
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।

उनले भने, ‘संसदीय निर्वाचनको सङ्ख्यामा सानो हौँ या ठुलो, त्यो आवधिक परिणाम हो। हामी आवधिक चुनावमा यो पटक तपाईँहरूसँग हारेका हौँ, सधैँका लागि हारेका होइनौँ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौँ। दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारूढ दललाई हेक्का दिलाउन चाहन्छु।’

नेपालका प्रगतिशील, लोकतान्त्रिक एवं वामपन्थी जनमतको पुनः सम्मान गर्दै देशको नेतृत्व गर्ने सपना किञ्चित विचलित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस