काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्ताका लागि नयाँ आचारसंहिता जारी गरेको छ। पार्टीले सोमबार मातहतका सबै कमिटीलाई सर्कुलर गर्दै आर्थिक, नैतिक, सामाजिक र वैचारिक आचरणलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित आचारसंहिता लागू गरेको हो।
जारी आचारसंहितामा नेता तथा कार्यकर्ताले आर्थिक कारोबार पूर्ण पारदर्शी ढंगले गर्नुपर्ने, कुनै पनि अनैतिक क्रियाकलापबाट सम्पत्ति आर्जन गर्न नहुने तथा भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिनुपर्ने उल्लेख गरिएको छ। साथै समाजमा अनैतिक मानिने कुनै पनि गतिविधिमा संलग्न हुन नहुने व्यवस्था गरिएको छ।
पार्टीले सबै प्रकारका हिंसा तथा शारीरिक र मानसिक शोषणको विरोध गर्नुपर्ने स्पष्ट गर्दै नेता तथा कार्यकर्ताको आर्थिक तथा नैतिक आचरण शुद्ध, स्वच्छ र अनुकरणीय हुनुपर्ने जनाएको छ। उनीहरूको खानपान, रहनसहन, उठबस तथा समग्र जीवनशैली सरल, मितव्ययी र सामान्य हुनुपर्ने पनि आचारसंहितामा उल्लेख छ।
त्यसैगरी जनतासँग सधैं शिष्ट, मर्यादित, सम्मानजनक र समानतामूलक व्यवहार गर्न निर्देशन दिइएको छ। अश्लील तथा अपशब्दको प्रयोग नगर्न, कुनै पनि वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म वा संस्कृतिको गरिमा र मर्यादामा आँच पुग्ने अभिव्यक्ति वा व्यवहार नगर्न पनि आचारसंहिताले निर्देशन दिएको छ।
आचारसंहितामा छुवाछुतजन्य कुनै पनि व्यवहार नगर्न, वैज्ञानिक सोच र तथ्यमा विश्वास गर्न तथा अन्धविश्वास र रुढीवादको विरोध गर्नुपर्ने उल्लेख गरिएको छ। साथै समाजको दृष्टिमा अनैतिक मानिने कुनै पनि कार्यमा संलग्न हुन नहुने स्पष्ट व्यवस्था गरिएको छ।
नयाँ आचारसंहितालाई सबै तहका नेता तथा कार्यकर्ताले अनिवार्य रूपमा पालना गर्नुपर्ने भन्दै नेकपाले संगठनभित्र अनुशासन, पारदर्शिता, नैतिकता र जनउत्तरदायित्वलाई थप सुदृढ बनाउने अपेक्षा गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान