काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन अनन्त जाने भएका छन् ।
नेकपाले महाधिवेशनको उदघाटन शत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो ।
पूर्ण रुपमा स्वास्थ्यलाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् । निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए । त्यसयता पहिलोपटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजितसदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा उनी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०८३, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गेष्टहाउस चौरदेखि सडकसम्म रास्वपाको नीलो रङ ( फोटोफिचर)
रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
चितवनमा हुने रास्वपा महाधिवेशनमा २५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान