काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सदनमा आएर प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याए ।
अहिले नेकपासहित विपक्षी दलका सांसदहरूले बैठकको सुरुमा उठेर आफ्नो कुरा राखेर बैठक चल्न दिने गरेको छ । तर, प्रधानमन्त्री नआए आन्दोलनको स्वरूप फेर्ने चेतावनी उनले दिए ।
उनले भने, ‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस् । यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन । त्यसैले गर्दाखेरि हामीले विरोध जारी राख्नुपरेको छ । हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०८३, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग